April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सुनको मूल्य तोलामा ९२ हजार पुग्यो

वैशाख २७, काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाला सुनको मुल्य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको थियो । यस्तै तेजाबी सुनको मूल्य सोमबार ९१ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । जसअनुसार सोमबार चाँदी १३ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । आइतरबार चाँदीको खरिद बिक्री मूल्य १३ सय ४५ रुपैयाँ थियो ।

Advertisement