January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर बिक्रीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको सेयर बिक्रीमा

वैशाख २७, काठमाडौं ।

Advertisement

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर फेरी लिलाम बढाबढ गरी ब्रिक्री खुल्ला गरेको छ । बैंकलेबाट बिक्री खुल्ला गरेको हो । जसमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४१ हजार ८ सय ९६ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ५६ हजार २ सय ७० संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । 

Advertisement

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ७ सय ८३ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४९ रूपैयाँ तोकिएको छ । उक्त सेयरमा लगानीकर्ताले आज ९वैशाख २७ गते, सोमबार० बाट जेठ १० गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।