April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

वैशाख २७, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको र अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा परीक्षाका लागि अनुकुल वातावरण नभएको भन्दै बोर्डले परीक्षा स्थगित गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो ।

अबको १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउनुपर्ने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्नेे निर्णय गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिए । गत वर्ष बोर्डले आन्तरिक मूल्यांकनमार्फत नतिजा सार्वजनिक गरेको थियो । यद्यपि यसपाली कसरी बढ्ने भन्ने रणनीतिका विषयमा छलफल जारी रहेको छ ।

Advertisement