January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

राष्ट्र बैंकले ८ अर्ब १८ करोडको ट्रेजरी बिक्री गर्ने

राष्ट्र बैंकले ८ अर्ब १८ करोडको ट्रेजरी बिक्री गर्ने

वैशाख २७, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले ८ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले १० करोड बराबरको ट्रेजरी बिल ९१ दिन अवधिको लागि, ६ अर्ब बराबरको ट्रेजरी बिल १८२ दिन अवधिको लागि र २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागेको जानकारी गराएको हो ।

१० करोड बराबरको ट्रेजरी बिल ०७८ साउन २६ गते परिपक्व हुनेछ । ६ अर्ब बराबरको ट्रेजरी बिल ०७८ कात्तिक २३ गते परिपक्व हुनेछ । त्यस्तै, २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल ०७९ वैशाख २७ गते परिपक्व हुनेछ ।  राष्ट्र बैंकले यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल भएर मंगलबारदेखि बिक्री हुने जनाएको छ ।

Advertisement