January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि सुरु गरिने

चिनियाँ खोपको दोस्रो डोज जेठ २ देखि सुरु गरिने

वैशाख २८, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको चिनियाँ खोप आउँदो जेठ २ गतेदेखि सुरु गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकामा जेठ २ गतेदेखि खोप लगाउने जनाएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यकामा एन्टी कोभिड खोपको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भिडभाड नगरि व्यवस्था मिलाउन पत्राचार गर्ने जानकारी दिए । उक्त चिनियाँ खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएका थिए । यिनै जिल्लामा पहिलो मात्रा लगाएका २ लाख ८८ हजार मानिसलाई अब दोस्रो मात्रा लगाइने तयारी गरिएको हो ।

चीनले ८ लाख मात्राको भेरोसेल खोप नेपाललाई अनुदानमा दिएको थियो । उक्त खोपलाई अघिल्लो साता विश्व स्वास्थ्य सङ्गठनले पनि आपत्कालीन प्रयोगको अनुमति दिएको छ । भारत सरकारबाट अनुदानमा आएको १० लाख, सिरम इन्स्टिच्यूटसँग किनेको १० लाख र खोपसम्बन्धी विश्वव्यापी अभियान ुकोभ्याक्सुबाट उपलब्ध भएको तीन लाख ४८ हजार गरी अहिलेसम्म झन्डै साढे २३ लाख कोभिशील्ड खोप नेपाल भित्रिएको छ । भारतीय सेनाले नेपाली सेनालाई छुट्टै १ लाख मात्रा कोभिशील्ड खोप पनि दिएको छ ।

तीमध्ये करिब पाँच लाखले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् भने अधिकांशले एक मात्रा मात्र लगाएका छन् । वैशाख १६ गतेदेखि लकडाउन लागु भएपश्चात् खोप अभियान स्थगित भएको थियो। खोप केन्द्रहरूमा अचाक्ली भिड बढेपछि खोप अभियान स्थगीत गरएको थियो ।

Advertisement