January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

टेकु अस्पालले बन्द गर्‍यो कोरोनाको पीसीआर परीक्षण

टेकु अस्पालले बन्द गर्‍यो कोरोनाको पीसीआर परीक्षण

वैशाख २८, काठमाडौं ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि गरिने पीसीआर परीक्षण बन्द गरेको छ । पीसिआर परीक्षणका लागि आवश्यक सामग्री आउन नसकेपछि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै विशेष कारणवश अर्काे व्यवस्था नभएसम्मका लागि परीक्षण बन्द गरिएको जनाएको छ ।

मंगलवार अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ, ’विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ।’

Advertisement