January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

वैशाख २८, काठमाडौं ।

नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । सोमवार रू. २०० ले बढेको सुनको भाउ मंगलवार रू. ३०० उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ३०० ले बढेको हो । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्य भने घटेको छ । सोमवार प्रतितोला १ हजार ३६० मा कारोबार भएको चाँदी मंगलवार रू. १५ ले घटेर रू. १ हजार ३४५ मा खरीदविक्री भइरहेको छ ।

Advertisement