January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

सगरमाथाको चुचुरोमा बहराइनका राजकुमारको पाइला, मिङ्माले बनाए बिनाअक्सिजनको रेकर्ड

सगरमाथाको चुचुरोमा बहराइनका राजकुमारको पाइला, मिङ्माले बनाए बिनाअक्सिजनको रेकर्ड

काठमाडौँ — बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार खलिफासहितको बहराइनको रोयल गार्ड टिमले मंगलबार बिहान सगरमाथाको चुचुरो चुमेका छन् । नेपाली समय समयअनुसार उनीहरु विहान ६ः४० बजे सगरमाथाको सफल आरोहण गरेको हुन् ।


उक्त टिम ८८४८.८६ मिटर उचाइ कायम भएपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय टिम बनेको छ । आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको हो भने आरोहण दलको नेतृत्व टासी शेर्पाले गरेका थिए । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार १९ वर्षीय शेर्पा बिनाअक्सिजन सगरमाथा आरोहण गर्नै सबैभन्दा कम उमेरका व्यक्तिको नयाँ रेकर्ड समेत बनाएका छन् ।


आरोहण टोलीको नेतृत्व बहराइनका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा रोयल गार्ड प्रमुखसमेत रहेका बहराइनका ३३ वर्षे राजकुमार शेख नसिद बिन हमाद अल खलिफाले गरेका हुन् । आरोहण टोलीमा राजकुमारसहित बहराइनको रोयल गार्डका १२ सदस्य सहभागी भएको सेभेन ट्रेक्सले जनाएको छ । बहराइनको राजकुमारको टोलि यसअघि गत भदौमा सगरमाथा आरोहण उद्देश्यका साथ नेपाल उत्रेका थिए । यो टोलीले यस अगाडि लोबुचे र मनास्लु हिमाल आरोहण गरेको थियो ।

Advertisement