April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर नेपाल ल्याइयो

वैशाख २८, काठमाडौं ।
चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर भेन्टिलेटर लिएर आएको नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।

चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो । यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए । यी सामान आएसँगै थप सामान लिन नेपाल एयरलाइन्सको जहाज तयारी हालतमा रहने समेत उनले जानकारी गराएका छन् ।

Advertisement