January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

कालिमाटी तरकारी बजार आजबाट बन्द

कालिमाटी तरकारी बजार आजबाट बन्द

कोरोना संक्रमणदरमा बृद्धि भएसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले बजार बन्द गर्ने भएको छ । समितिले मंगलबार एक सूचना जारी गर्दै कोभिड–१९ जोखिम न्यूनिकरणका लागि तीन चरणमा बजार बन्द गर्ने भएको छ । जस्मा कृषक बजार आजबाट बन्द गरेको भने २९ गतेदेखि लागू हुनेगरी थोक बजारमा हुने सम्पूर्ण खुद्रा कारोबार समेत बन्द गर्ने भएको छ । त्यस्तै तेस्रो चरणमा वैशाख ३० गतेदेखि लागू हुने गरि खुद्रा बजार बन्द गरिने छ ।


थोक बजारमा प्याकेजिङ गरेर मात्र बिक्री वितरण गर्ने गराउने, एकवटा थोक पसलमा अधिकतम २ जना मात्र बसी सामाजिक दूरी कायम गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र कारोबार गर्न समितिका कार्यकारी निर्देशक विनोद कुमार भट्टराईले सूचनामार्फत अुनरोध गरेका छन् ।

Advertisement