धादिङका व्यावसायीले अस्पताललाई उपलब्ध गराए अक्सिजन ग्यास
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । महामारीको समय बजारमा अक्सिजन ग्यासको अभाव भएपछि उद्योगले अस्पताललाई अक्सिजन उपलब्ध गराएको हो ।
महासंघले धादिङको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको जनाएको छ । फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए । उनका अनुसार जिल्ला प्रसाशनको अनुरोधमा ह्वासिन सिमेन्ट उद्योगले १५ वटा अक्सिजन सिलिण्डर अस्थायी कोभिड अस्पताललाई उपलब्ध गराएको छ । अन्य अक्सिजन भने महासंघको पहलमा जुटाइएको हो । यससँगै धादिङमा हाल १३० मात्र अक्सिजन सिलिण्डर रहेको छ ।
व्यवसायीसँग उठाएर ल्याइएको सिलिण्डर रिफिल र ढुवानी खर्च निर्माण व्यवसायी नारायणकुमार श्रेष्ठले व्यहोर्नुभएको छ । हरेक दिन २५–३० अक्सिजन सिलिण्डर बिरामीलाई प्रयोग गरिरहेको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले बताए ।
प्रतिकृया दिनुहोस्