March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ऋणपत्र निष्कासनको लागि तीन बैंकले दिए धितोपत्र बोर्डमा निवेदन

ऋणपत्र निष्कासनको लागि तीन बैंकले दिए धितोपत्र बोर्डमा निवेदन

बैशाख २९, काठमाडौं ।
तिन वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । कृषि विकास बैंक, लक्ष्मी बैंक र माछापुच्छ्रे र कृषि विकास बैंकले ऋणपत्रको लागी निवेदन दिएका हुन् ।

Advertisement

कृषि विकास बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनको लागी निवेदन दिएको छ । जस मध्ये १६ लाख कित्ता सर्वसाधारणको लागी र २८ लाख कित्ता सङ्घसंस्थाहरूको तर्फ बाट बिक्री गर्ने छ ।

Advertisement

यस्तै लक्ष्मी बैंकले बैशाख ६ गते नै ऋणपत्र निष्कासनका लागी निवेदन दिएको थियो । कम्पनीले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्दै छ ।

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता विभिन्न सङ्घसंस्थाहरूलाई बिक्री गर्नेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेड रहेको छ ।