March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री नबनेका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔंः भट्टराई

प्रधानमन्त्री नबनेका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔंः भट्टराई

वैशाख २९, काठमाडौं ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एक पटक पनि प्रधानमन्त्री नबनेका व्यक्तिको नेतृत्वमा सरकार बनाउन प्रस्ताव गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका हुन् ।

बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ (२०) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव समेत अगाडि सारेका छन् । ‘देशको संकट हल गर्न यसो गरौं: १.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!,’ भट्टराईले ट्वीटरमा लेखेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार गठनको दाबी गर्ने दाबी गरिरहेको समयमा उनले यस्तो प्रस्ताव गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन दलहरूलाई आह्वान गरेकी छन्। तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको सरकार बन्न नसके संसद्‌को सबैभन्दा ठूलो दलकाे नेतृत्वमा सरकार बन्ने प्रावधान छ।

Advertisement