January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

ओमानबाट ६०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै

ओमानबाट ६०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइँदै

वैशाख २९, काठमाडौं ।
अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु भइरहेका बेला ओमानबाट ६०० थान अक्सिजन सिलिन्डर नेपाल ल्याइँने भएको छ । गैरआवासीय नेपाली संघले ओमनबाट ६०० वटा अक्सिजन सिलिन्डर आइतबारसम्म नेपाल पठाउने भएको हो । नेपालमा अक्सिजन सिलिन्डरको अभाव भैरहेको बताउँदै संघले यस्तो निर्णय गरेको हो ।

गैरआवसिय नेपाली सोसल क्लब अध्यक्ष विकल झाले सिलिन्डरको खरिद प्रक्रिया सुरु भैसकेको बताए । एनआरएनले मस्कटस्थित अल हप्सी टेडिङ कम्पनीसँग सिलिन्डर खरिद गर्न लागेको हो । सिलिन्डर खरिदका लागि ७५ लाख रुपैयाँ खर्च हुने उनले जनाए । सिलिन्डर पठाउन मस्कटस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिने भएको छ ।

Advertisement