April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कर्णालीका दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्री नियुक्त हुँदै

कर्णालीका दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्री नियुक्त हुँदै

वैशाख २९, काठमाडौं ।
कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएका हुन् । बुधबार दुई मन्त्रीले मन्त्रिपरिषद्को बैठकमा राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन । दुवै जना माओवादी केन्द्रबाट मन्त्री भएका हुन् । रिक्त स्थानमा आजै नयाँ मन्त्री नियुक्तिको तयारी भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले रुकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतका विन्दमान विष्टलाई मन्त्रि नियुक्त गर्न सिफारिस गरेका छन् । सिफारिस भएका मन्त्रिहरुलाई आज नै नियुक्त गरि सपथ ग्रहण हुने समेत बताईको छ । गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत हासिल गरेका थिए । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । शाहीले ह्वीप उलंघन गरेपछि एमालेको कारबाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाएका छन् ।

Advertisement