January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

एक्सेल डेभलमेन्ट बैंकको १२.६३ प्रतिशत लाभांश स्वीकृत

एक्सेल डेभलमेन्ट बैंकको १२.६३ प्रतिशत लाभांश स्वीकृत

वैशाख २९, काठमाडौं ।

एक्सेल डेभलमेन्ट बैंकको लाभांश स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकले बैशाख २८ गते कम्पनीले प्रस्ताव गरेको लाभांश  स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ९ करोड ७३ लाख ३४ हजार ५ सय ४६ रुपैयाँ ९७ पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशतले हुन आउने ५१ लाख २२ हजार ८ सय ७० रुपैयाँ ८९ पैसा नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 

Advertisement