January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

अक्सिमिटरमा कालोबजारी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ

अक्सिमिटरमा कालोबजारी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ

मानिसको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै गरेको अवस्थामा ७ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट छापा मारेर नक्कली अक्सिमिटर सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा सिन्धुली घर भई बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भई ललितपुर बस्ने २१ वर्षीय थुमराज उपाध्याय, स्याङ्जा घर भई नानोटेक थापाथलीका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, सुनसरी घर भएका चिरायु केडी ग्रुप प्रालिमा कार्यरत ३९ वर्षीय पुष्कर घिमिरे, मोरङका इन्डस्ट्रियल कम्पनीमा कार्यरत ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोकका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भई ढुंगे अड्डा बस्ने ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।उनीहरुको साथबाट प्रहरीले ७ सय ६५ वटा अक्सिमिटर बरामद गरेको छ ।

यी फर्मा तथा औषधि पसलहरुले बिक्री गर्ने अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही पनि उल्लेख छैन । यी अक्सिमिटर चीनबाट मास्कको तुना ल्याउँदा लुकाएर ल्याएको पाइएको छ । बजार मुल्य ६र७ सय पर्ने अक्सिमिटर २२ सय २० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको महाशाखाले जनाएको छ ।

Advertisement