कोरोनाका कारण पुर्व बैंकर निरज श्रेष्टको निधन
काठमाडौं । पुर्व बैंकर निरज श्रेष्ठको बुधबार बिहान कोरोना संक्रमणका कारण निधन भएको छ । मंगलबार राति ११ बजे मात्र उनको बुबाको पनि कोरोनाकै कारण निधन भएको थियो । संक्रमणका कारण केहि दिनदेखि उनि हस्पतालमा थिए ।
काम विशेषले भारत पुगेका श्रेष्ठ भारतमै कोरोना संक्रमित हुन पुगेका थिए । संक्रमण मुक्त भए पनि पछिल्लो समय असहज भएपछि अस्पताल भर्ना भएका थिए ।
सन् १९८९ बाट बैंकिङ करियर सुरु गरेका श्रेष्ठ पछिल्लो समय केहि दिनका लागि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भए । बैंकको बोर्डमा विवाद भए पछि श्रेष्ठ बाहिरिएका थिए । त्यस भन्दा अगाडि उनि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भए । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक सनराइज बैंकमा काम गरेका थिए । श्रेष्ठका श्रीमति र छोरी छन् । उनीहरुलाई पनि केही दिनअघि संक्रमण पुष्टि भएको थियो । हाल उनीहरु भने संक्रमणमुक्त भइसकेका छन् ।
प्रतिकृया दिनुहोस्