January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य

वैशाख २९, काठमाडौं ।
सरकारले कोभिड–१९ उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिरको मूल्य निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ती जारी गर्दै प्रति भायल ४ हजार ९ सय रुपैयाँमा उपलब्ध हुने जनाएको हो । मन्त्रालयले कोभिड १९ को उपचार गर्ने क्रक्रममा अस्पतालहरूबाट चिकित्सहरूले रेम्डेसिभिर औषधि सिफारिस गरेमा आयातकर्ता आयन हेल्थकेयरलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

उक्त औषधिका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको प्रमाणपत्र सहित आयात हेल्थकेयर, कुपण्डोल, यूएनपार्कमा सम्र्पक गर्न सकिनेछ । मन्त्रालयका सूचनाअनुसार रेम्डेसिभिर प्रति भाएल ४ हजार ९०० रुपैयाँका दरले डा. अबुल अन्सारी –९८००५५९१०, सुवास – ९८१०१९४४१६, बिमल – ९८४१५०६३७० र कमल – ९८५११२४६९ नम्बरमा सम्पर्क गरी खरिद गर्न सकिनेछ ।

Advertisement