January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

नेपाल वायु सेवा निगमले चीनबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने

नेपाल वायु सेवा निगमले चीनबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने

वैशाख ३०, काठमाडौं ।
नेपाल वायु सेवा निगमले चीनको राजधानी बेइजिङबाट हरेक दिन ५ सय ५० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । निगमले अक्सिजन सिलिण्डर ल्याउनको लागि १५ मेबाट १९ मेसम्मका लागि ४ वटा उडान तय गरेको हो ।

१५ मेमा बेइजिङ गएर निगमको जहाजले ४ सय थान अक्सिजन कन्सन्ट्रेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सकीय सामान ल्याउने तयारी भइरहेको निगमले जनाएको छ । त्यसपछि १६, १७ , १८ , १९ मेमा निगमको वाइडबडी जहाज चीन जाँदै प्रति उडान ५ सय ५० वटा सिलिन्डर ल्याउने भएको छ । सिलिन्डर ल्याउन निगमले वाइडबडी ए३३० जहाज प्रयोग गर्ने छ ।

Advertisement