तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले कमायो ६ अर्ब खुद नाफा
वैशाख ३०, काठमाडौं ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष भन्दा २२.२१%ले घटेको हो । गत वर्ष यसले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष टेलिकमले सेवा व्यापारबाट २६ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक बढाएर २७ अर्ब ४५ करोड रुपैयाँ पुर्याएको छ ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ५ अर्ब ४३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । टेलिकमको सञ्चालन तथा मर्मत, ह्रासकट्टी जस्ता खर्चहरुमा केही वृद्धि भएको छ । कम्पनीकोचुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ । यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ जम्मा छ ।
गत वर्ष यसको रिजर्भ कोषमा ७६ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ६७ रुपैयाँ २५ पैसा रहेको यसको प्रतिसेयर आम्दानी घटेर ५२ रुपैयाँ ३१ पैसा (वार्षिक) मा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ ६५३ रुपैयाँ १० पैसा छ ।
प्रतिकृया दिनुहोस्