March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणका कारण निधन

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणका कारण निधन


नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य विष्णुप्रसाद गैरेको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना पोजेटिभ देखिएपछि सिनांमगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचारार्थ भर्ना भएका गैरेको आज साझ ५ः५० बजे निधन भएको हो ।

यसअघि घरमै आइसोलेसनमा रहनुभएका गैरेको स्वास्थ्यमा समस्या बढेपछि गत बैशाख २४ गते ह्याम्स अस्पतालको इमर्जेन्सि पु¥याइएको थियो । आइसियूको अभावपछि सोही दिन काठमाडौ मेडिकल कलेज पु¥याइएकोमा उपचारकै क्रममा निधन भएको हो । गैरे नेपाल उद्योग बाणिज्य महासंघले गठन गरेको वैदेशिक रोजगार फोरमको सभापतिसमेत हुन् ।

Advertisement