April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सूर्य नेपालद्धारा तीन सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

सूर्य नेपालद्धारा तीन सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । सूर्य नेपाल प्रालिले काठमाण्डौका ३ सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । विद्यमान कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकको स्वास्थ्य प्रणालीमा प्रभाव पार्दा उक्त सूर्य नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।


कम्पनीले वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर प्रदान गरेको हो । यी स्वास्थ्य सामग्री सम्बन्धित अस्पतालका कार्यकारी निर्देशकलाई हस्तान्तरण गरेको छ ।


Advertisement