March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने

भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट नखोल्ने निर्णय संघले गरेको हो।

यस्तै, वाणिज्य बैंकले निषेधाज्ञा अवधिमा ५० हजारभन्दा कम रकम डिपोजिट नलिने निर्णय गरेका छन्। संघले आजदेखि ५० हजारभन्दा बढी रकम मात्रै डिपोजिट लिने निर्णय गरेको छ। निषेधाज्ञाको समयमा पनि बैंकको भिडभाड नघटेपछि यस्तो निर्णय गरिएको हो। यस्तै,अब डिम्याट खाता पनि नखोल्ने निर्णय बैंकहरुले गरेका छन्। विप्रेषण र आयात/निर्यात सम्बन्धी सेवा जारी रहनेछ।

Advertisement