February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्यो

जेठ ३, काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायमा थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्यमा पनि तोलामा पाँच रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ ।

Advertisement