February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

राष्ट्र बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने

राष्ट्र बैंकले १३ अर्ब ७४ करोड बराबरको ट्रेजरी विल विक्री गर्ने

जेठ ३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी विल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी विल जारी गर्न लागेको हो । मंगलवार जारी हुने यस ट्रेजरी विलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँ बरावरको ट्रेजरी विल जारी गर्न लागेको हो । यस ट्रेजरी विल आगामी भदौ १ गते परिपक्व हुनेछ । त्यसैगरी राष्ट्र बैंकले १८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँ बरावरको ट्रेजरी विल जारी गर्न लागेको छ । यो बिल कात्तिक ३० गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

त्यस्तै १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो । यो ट्रेजरी विल विसं २०७९ आगामी जेठ ३ गते परिपक्व हुनेछ ।

Advertisement