March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

प्रधानमन्त्री ओलीको पुनः शपथको मागसहितको रिट दर्ता, मंगलबार सुनुवाइ हुने

प्रधानमन्त्री ओलीको पुनः शपथको मागसहितको रिट दर्ता, मंगलबार सुनुवाइ हुने

जेठ ३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ त्रुटीपूर्ण रहेकोले पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आइतबार दायर गरिएको रिट सर्वोच्च अदालत प्रशासनले सोमबार दर्ता गरेर सुनुवाइका लागि मंगलबारको पेसी तोकेको हो ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै पुन शपथका लागि रिट दायर गरेका हुन् । ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भनेपछि सर्वाेच्च अदालतमा परेको रिट दर्ता भएको हो । रिटमा रितपूर्वक पुनः शपथ गराउनुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा उल्लेख छ, ‘नेपालको संविधानको धारा ८० बमोजिम प्रधानमन्त्रीबाट मिति २०७८÷१÷३१ मा भएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रोपटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश जारी गरी पाऊँ । साथै प्रधानमन्त्री तथा मन्त्रीले लिने शपथको ढाँचा सहितको संघीय कानून अविलम्ब बनाउनू भनी विपक्षीहरूको नाममा परमादेशको समेत आदेश जारी गरी पाऊँ ।’

Advertisement