February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

नेप्से २० अंकले बढ्दा ९ अर्ब ५७ करोडको सेयर कारोबार

नेप्से २० अंकले बढ्दा ९ अर्ब ५७ करोडको सेयर कारोबार

जेठ ३, काठमाडौं ।
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २०.७१ अंकले बढेको छ । उक्र अंकले बढेको बजार २७५९.२१ विन्दुमा रोकिएको छ । सोमबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले वृद्धि भएको छ ।

Advertisement

आज १ करोड ९० लाख ५६ हजार २३६ कित्ता सेयर किनबेच हुदा ९ अर्ब ५७ करोड ६३ लाख ७१ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य सोमबार बढेको छ आज रु रु जलविद्युत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

समता लघुवित्त, राधी हाइड्रो पावरलगायत अन्य १० कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज पुर्नबीमा कम्पनीको शेयर कारोबार सबैभन्दा बढी ७७ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, नेपाल टेलिकमको शेयर कारोबार ४२ करोड रुपैयाँ बराबरको तथा शिखर इन्स्योरेन्सको शेयर कारोबार ३१ करोड रुपैयाँ बराबरको भएको छ ।

आज विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहका परिसूचक ओरालो लागे पनि बाँकी सबै समूहमा हरियाली छाएको छ। जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ११८.३९ विन्दुले बढ्दा उत्पादन तथा प्रशोधन समूहका परिसूचक सबैभन्दा बढी ४३.५६ विन्दुले घटेको छ।