April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

संक्रमण नियन्त्रणका लागि ७४ जिल्लामा निषेधाज्ञा

संक्रमण नियन्त्रणका लागि ७४ जिल्लामा निषेधाज्ञा

जेठ ३, काठमाडौं ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा जारी हुन बाँकी जिल्ला मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् । कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

अहिले मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रेमा आंशिक रुपमा निषेधाज्ञा लगाइएको छ भने ६९ जिल्लामा भने पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ । मनाङ जिल्ला प्रशासनका अनुसार उक्त जिल्लामा तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था छैन । सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ । न्यून जनसंख्या र आवागमन हुने भएकाले निषेधाज्ञाबारे नसोचिएको मनाङ जिल्ला प्रशासनले जनाएको छ । मुस्ताङमा चाहिँ भीडभाड हुने सार्वजनिक स्थान र मन्दिरमा बाहेक अन्त खुलै राखिएको छ ।

मन्त्रिपरिषद्ले सहरमा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउने अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ ।

Advertisement