March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश खत्री नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले गरेको नियुक्तिसम्बन्धी प्रस्तावलाई बीमा समितिले स्वीकृति प्रदान गरेको छ । कम्पनी सञ्चालक समितिको बैशाख १७ गते सम्पन्न बैठकले कम्पनीका कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको थियो ।

सञ्चालक समितिले खत्रीको नाम प्रस्ताव गरेसँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको वीमाले स्वकृति दिएको हो । चार वर्षकालागि सीईओ नियुक्त भएका खत्री यसअघि निमित्त सीईओको भूमिका थिए । नेशनल लाइफमा उनी दुई दशकभन्दा लामो समयदेखि कार्यरत छन् । खत्रीले कानुन विषयमा स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

Advertisement