March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

नयाँ पुनर्बीमाका लागि ५ कम्पनीले बीमा समितिमा गरे प्रस्ताव पेश

नयाँ पुनर्बीमाका लागि ५ कम्पनीले बीमा समितिमा गरे प्रस्ताव पेश


काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीका लागि ५ वटा कम्पनीले बीमा समितिमा प्रस्ताव पेश गरेका छन् । यि कम्पनीहरु बीमा समितिले सार्वजनिक सूचना जारी गर्नु भन्दा अगाडि नै दर्ताको लागि तयारीमा थिए । बीमा समितिले २१ दिनको म्याद दिएर कम्पनी दर्ताको लागि आवेदन खोलेपनि हाल सम्म यिनै चर्चामा रहेका ५ कम्पनीले मात्र निवेदन दिएका छन् । बीमा समितिका अनुसार जेन्यून रि, अन्नपुर्ण रि, पु्रडेन्सियल रि, काठमाडौं रि इनस्योरेन्स र हिमालयन रि इनस्योरेन्स कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका हुन् ।


बीमा समितिले गत बैशाख १६ गते २१ दिन भित्रमा प्रस्ताव पेश गर्न सार्वजनिक सूचना मार्फत आह्वान गरेको सो म्याद जेठ ५ गते सकिदैछ । बीमा समितिले प्रस्ताव पेश गर्ने कम्पनीहरुको मुल्याङ्कन गरेर जुन राम्रो देखिन्छ त्यसैलाई लाइसेन्स दिने तयारी गरेको छ । लाइसेन्स दिने अधिकार नेपाल सरकारको भएकाले राजनीतिक पहुँचका आधारमा लाइसेन्स प्रदान हुने विश्लेषकहरु बताउछन् । दर्ता भएका कम्पनीहरु मध्ये जुन कम्पनीले अर्थमन्त्रालय तथा प्रधानमन्त्रीको मन जित्न सक्छ उसैले लाइसेन्स पाउने जनकारहरु बताउँछन् ।

Advertisement