प्रधामन्त्रीको शपथ विरुद्धका रिट प्रधानन्यायाधीशको इजलासमा
जेठ ४, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण बदर गरी पुनः सपथ गराउन माग गर्दै परेका रिटहरुमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा हुने भएको छ ।
बरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहितका व्यक्तिहरुले दायर गरेका रिटको पेशी राणाले आफ्नै इजलासमा तोकेका हुन् ।
३१ वैशाखमा शपथ खुवाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने दोहोर्याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दा राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन भएको भन्दै सर्वोच्चमा रिट परेका हुन् ।
त्यसविरुद्ध वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका थिए। त्यस्तै, अधिवक्ता सन्तोष भण्डारी, राजकुमार सुवाल र नवराज अधिकारीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
प्रतिकृया दिनुहोस्