May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कांग्रेसले जिल्लास्थित पार्टी कार्यालयलाई कोभिड संक्रमितको उपचारार्थ आईसोलेसन बनाउने

कांग्रेसले जिल्लास्थित पार्टी कार्यालयलाई कोभिड संक्रमितको उपचारार्थ आईसोलेसन बनाउने

जेठ ४, काठमाडौं ।
नेपाली कांग्रेसले जिल्लास्थित पार्टी कार्यालयहरुलाई कोभिड संक्रमितको उपचारार्थ आईसोलेसन बनाउने भएको छ । सोमबार ४१ जिल्ला सभापतिहरुको ‘भर्चूअल मिटिङ’ले पार्टी स्वामित्वमा रहेका भवनलाई आईसोलेसन सेन्टरको रुपमा प्रयोगमा ल्याउन उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै बैठकले कोभिड माहामारी नियन्त्रणमा सरकार गैर जिम्मेवार बनेको भन्दै ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ । ‘अविलम्ब सम्पूर्ण नेपाली नागरिकलाई कोभिडविरुद्धको खोपको प्रवन्ध गर्न, सबै पालिकास्तरमा पर्याप्त अक्सिजन आपूर्तिसहितको आईसोलेसन केन्द्र स्थापना गर्न र श्रमिक एवं बिपन्न परिवारलाई तत्काल राहत खाद्यान्न व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गर्दछ,’ बैठकपछि जारी निर्णयमा भनिएको छ । देश सम्पूर्ण वडामा व्यापक पिसिआर टेष्ट गराउने अभियान अघि बडाउन पनि सरकारसँग माग गरिएको छ ।

Advertisement