सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो
जेठ ४, काठमाडौं ।
नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको थियो । कोरोना माहामारीका कारण अहिले नेपाली बजारमा सुनको कारोबार ठप्प छ । तर, अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा दिनानु दिन वृद्धि भएका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भइरहेको हो ।
आज तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीमा पनि एकैचोटी तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्