निषेधाज्ञाको अवज्ञा गरी रेष्टुरेण्ट संचालन गर्नेलाई २७ हजार जरिवाना
जेठ ४, काठमाडौं ।
रुपन्देहीमा निषेधाज्ञाको अवज्ञा गर्दै रेष्टुरेण्ट सञ्चालन गर्नेलाई प्रशासनले पक्राउ गरी २७ हजार ३०० रुपैयाँ जरिवाना गरेको छ । बुटवल उपमहानगरपालिका–९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट सञ्चालन गरी अनावश्यक भिडभाड गरेको भन्दै प्रहरीले रेष्टुरेण्ट सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको थियो ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका –४ वस्ने ४४ वर्षका होटल सञ्चालक शेरबहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ बस्ने ४० वर्षका होटल सञ्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो । जरिवाना बापतको २७ हजार ३०० असुल गरी उनीहरुलाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।
प्रतिकृया दिनुहोस्