February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

वाणिज्य संघद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई १७ थान अक्सिजन सिलिण्डर प्रदान

वाणिज्य संघद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई १७ थान अक्सिजन सिलिण्डर प्रदान

जेठ ४, ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघले १७ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ । 

Advertisement

जिल्लामा कोरोना संक्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य संघले मंगलवार सिलिण्डर उपलब्ध गराएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य संघले यसअघि गएको शुक्रवार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो । 

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । 

जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ संक्रमित भएका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य संघले लिएको छ । रासस