February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

जेठ ५, काठमाडौं ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/  ०७७ को मुनाफाबाट ११ दशमलव ५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको  जुम एपमार्फत बुधवार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको छ । 

Advertisement