February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सगरमाथा आरोहणका क्रममा एक आरोहीको ज्यान गयो

सगरमाथा आरोहणका क्रममा एक आरोहीको ज्यान गयो

जेठ ५, काठमाडौं ।
सगरमाथामा एक आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाका आरोही गाइड पेम्वा टासि शेर्पा रहेका छन् । उनको मंगलबार सगरमाथा आरोहणका क्रममा मृत्यु भएको हो ।

उनको सगरमाथा आरोहण गर्ने क्रममा खर्पसमा परेर मृत्यु भएको जनाइएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमा कार्यरत रहेका थिए । यसअघि पनि एक साता अघि सगरमाथा आरोहण गर्ने क्रममा २ विदेशीको मृत्यु भएको थियो ।

Advertisement