September 23, 2023, Saturday
६ आश्विन २०८०, शनिबार

होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड रुपैयाँ घाटा, १७ प्रतिशत विस्थापित

होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड रुपैयाँ घाटा, १७ प्रतिशत विस्थापित


काठमाडौं ।
सरकारले सन् २०२० लाई ‘पर्यटन वर्ष’ घोषणा गर्दै आम ब्यावसायीका थुपै्र उत्साह थपिएका थिए । पर्यटन क्षेत्र कसरी लगानी बढाउने र नेपालमा आउने पर्यटकको लागि सेवा दिने भन्नेमा लागि परेका थिए । पर्यटकका लागि सुविधा सम्पन्न होटलहरुको व्यवस्थापन गर्न यस क्षेत्रमा व्यवसायीहरुले अर्वाै रुपैँया लगानी गरे । ठूला मात्र होइन पर्यटकलाई लक्षित गर्दै धेरै साना तथा मझौता नयाँ होटलहरु पनि खुले ।
जव फागुन शुरु भयो एकाएक कोरोनाको महामरी आयो । अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा पनि महामरीले कालो बादल नै मडारीदियो । पर्यटन ब्यावसायीहरु माथि उठनै नसक्ने गरी थला पारिदियो । गत वर्षको फागुनदेखि फैलिएको कोरोना संक्रमणका कारण थला परेको होटल क्षेत्र दोस्रो लहर शुरु भएसँगै कहीले नै माथि नउठने होकी झै गरी थप प्रभावित भएको छ ।

Advertisement


महामारीका कारण नेपालको होटल क्षेत्रमा मात्र मासिक १ अर्ब ८० करोड रुपैयाँ घाटा हुने गरेको होटल संघ नेपाल(हान) ले बताउँदै आएको छ । होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले सबैभन्दा बढी प्रभावितमध्येको एक होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड घाटा भइरहेको बताईन् । पहिलो चरणको कोरोना महामारीको बन्द पछि केही सकारात्मक देखिएको यो क्षेत्र यतिखेर पुन धारासायी भएको हो ।
कोरोना महामारीका कारण गत वर्ष वैशाख २०७७ मा शून्यमा झरेको नेपालमा पर्यटक आगमन सुधार हुँदै २२ हजारको हाराहारीमा पुगेको थियो । एक वर्षपछि पर्यटक आगमन सुधार भएर २२ हजार पुगेको भएपनि फेरि ठप्प हुन पुगेको छ । यो वर्ष भने २३ वैशाख २०७८ पछि पर्यटक आगमन ठप्प हुन पुगेको हो । हाल नेपालमा उडान बन्दले अड्किएका पर्यटक मात्र छन् । बैंशाख देखि नेपाल रोकिएका पर्यटकलाई उल्टै होटलकै खर्चमा राख्नुपर्ने अवस्था आएको छ ।

Advertisement


विदेशी पर्यटक लक्षित होटलहरु लामो समय बन्द भएर पुनः संचालनमा ल्याउने योजना बनाइरहँदा पुनःकोरोनाका कारण सरकारले निषेधाज्ञा घोषणा गरेपछि व्यवसाय ठप्पहुन पुगेको छ । कोरोना संक्रमणसँगै होटल क्षेत्र पूर्ण रुपमा घाटामा पुगेका छन् । कोरोना संक्रमणभरी कुनै पनि होटलले राम्रोसँग कारोबार गर्न नपाएको होटल संघ नेपाल (हान) ले जनाएको छ । हानमा देशैभरीका ३ हजार ५ सय होटल आवद्ध छन् । अहिले होटल पूर्ण रुपमा घाटामा भएकाले होटलका लगानीकर्ताले पनि आगामी ४÷५ वर्षसम्म लाभांश पाउने अवस्था छैन । पर्यटक आगमन कम भएसँगै यो क्षेत्रमा आश्रित मजदुर तथा कामदारमध्ये १७ प्रतिशतले पहिलो कोरोना प्रभावका कारण पेशा नै परिवर्तन गरेको ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को तथ्याङकले देखाउँछ । दोस्रो संक्रमण बढदै जाँदा यो क्रम देब्वरले बढने आकलन टानको छ ।


गत वर्षको मौद्रिक नीतिमार्फत सरकारले होटल क्षेत्रलाई पुर्नकर्जाको व्यवस्था गरेको थियो । यहि पुर्नकर्जाका कारण होटल क्षेत्रले केही राहत महसुस गरेको थियो । ९३ वटा होटलहरुले पुर्नकर्जाको सुविधा लिइसकेका थिए । ठुला होटलहरुले २० करोड र केही साना होटलहरुले १÷२ करोड रुपैँया पनि पुर्नकर्जा लिएका हुन् । त्यसले केही राहत दिएको व्यावसायीहरुको भनाई रहेको छ । तर संक्रमणको अवस्था लम्बिदै गयो भने पुर्नकर्जाको सीमा बढाएर ५० करोड रुपैँया पु¥याउनुपर्ने व्यावसायीहरुको माग छ । त्यस्ता साना होटलहरुलाई पनि व्यवसायका आधारमा पुर्नकर्जाको व्यवस्था गरिनुपर्ने व्यावसायीको जोड छ ।

होटलहरुले कोरोनाको संक्रमण सुरु भएदेखि गत वर्षबाट नै क्वारेन्टाइन सुविधा उपलब्ध गराउँदै आएका थिए । दोस्रो लहर सुरु भएसँगै संक्रमण तीव्र बढेको छ । त्यस यता काठमाडौंमा होटल क्वारेन्टाइन र आइसोलेसनको माग पनि बढिरहेको छ । तर अहिले औपचारिक रुपमा भने कुनै पनि ठूला होटलले क्वारेन्टाइन संचालन गरेका छैनन् ।