February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

निषेधाज्ञाको फाइदा उठाउँदै बजारमा उपभोग्य वस्तुको अत्याधिक मूल्यबृद्धि

निषेधाज्ञाको फाइदा उठाउँदै बजारमा उपभोग्य वस्तुको अत्याधिक मूल्यबृद्धि


निषेधाज्ञाका कारण अधिकांस उद्योग ब्यावसाय धारासायी भएका छन् । थुप्रै कामदारको रोजी रोटी खोसिएको छ । महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानी समेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम भैरहेको छ । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी र बिचौलियाले तेल, चिनी, चामल, दाल, गेडागुडी लगायतका खाद्य वस्तुको मूल्यवृद्धि गरेका छन् ।

Advertisement


खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ । मासको दालमा प्रतिकिलो १० रुपैयाँले वृद्धि हुँदै १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ । १ सय १० रुपैयाँ किलो रहेको चनाको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको पाइन्छ ।


खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका गत भदौयता नै खानेतेलको मूल्य निरन्तर उकालो लागेको बताउँछन् । सबैभन्दा धेरै खपत हुने सनफ्लावर तेलको मूल्य अधिल्लो बर्ष भन्दा झण्डै दोब्बरले बढेको छ । उनका अनुसार गत भदौमा सनफ्लावर तेलको भाउ १ सय ६५ रुपैयाँ प्रतिलिटर भएकोमा हाल २ सय ७५ रुपैयाँसम्म पुगेको बताउँछन् । बजारमा सबै प्रकारका तेलको मूल्यबृद्धि भएको छ ।


ब्यापारी उद्योगी, उद्योगी सरकार अनी सरकार ब्यापारीलाई मूल्य बढनुको कारण बताउँछन् । आयातकर्ता र उत्पादकहरू अन्तर्राष्ट्रिय बजारलाई दोष दिदै बजारमा धमाधम बस्तुको मूल्य बढाउने काम गरिएका छन् । चामल, तेल, दाल उद्योग संघका अध्यक्ष सुबोध गुप्ता आयातमा निर्भर रहेको खानेतेलको मूल्य अन्तर्राष्ट्रिय बजारकै कारण बढेको जिकिर गर्छन् । उनको तर्क बजार मूल्य नियन्त्रण गर्न सरकारले भन्सार दरमा सहुलियत दिनुपर्ने रहेको छ । तेल आयातमा १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सारसहित कुल १८ प्रतिशत मूल्यवृद्धि आयात बिन्दुमै हुँदा पनि बजार माथि गएको उनको तर्क छ । गुप्ता भन्छन्, ‘यसको असर उपभोक्ता मूल्यमा पर्छ । त्यसैले उपभोक्तालाई सहुलियत दिन करका दरमा पुनर्विचार गर्नुपर्छ ।’


मूल्य नियन्त्रणका लागि छलफल गरिरहेको सरकारको दाबी छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समय समयमा बजारमा अनुगमन गरेको दाबी गर्दे आएको छ । विभागका महानिर्देशक प्रकाश पौडेल तेल र केराउको मूल्यवृद्धि नियन्त्रणका लागि व्यवसायीसँग निरन्तर छलफल गरिरहेको बताउँछन् । उनी महामारीका कारण छाता संगठनलाई बोलाएर छलफल गर्दा सम्बन्धित उत्पादक नआउने, पत्राचार गर्दा उचित कारण देखाउन नसक्ने समस्या देखिएको बताउँछन् ।


कोरोना महामारी र राजनीतिक चक्रब्यूमा सरकार रुमलिदा बजारमा दिन दुईगण रात चौगुणा मूल्यबृद्धि हुने गरेको छ । राजनीतिक अस्थिरता फाइदा उठाउँदै व्यापारीले मनोमानी ढंगले मूल्यवृद्धि गरेपछि उपभोक्ता चर्को महँगीको मारमा परेका छन् । अत्यधिक मूल्यवृद्धि भइरहँदा पनि सरकारी निकायले नियन्त्रणका लागि ठोस पहल गरेको छैन ।