दोहोरो अंकले घटेको सेयर बजारमा हालसम्मकै उच्च कारोबार
जेठ ५, काठमाडौं ।
बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः नयाँ रेकर्ड राखेको छ । बुधबार हालसम्मकै धेरै ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार हुँदा नयाँ रेकर्ड बनेको हो । मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो ।
बुधबार २१४ वटा कम्पनीका दुई करोड ५१ लाख २१ हजार ५५४ कित्ता सेयर एक लाख ३२ हजार ३६९ पटक खरिद–बिक्री भएका छन् । आज विकास बैंक ५१, जलविद्युत ६०, निर्जीवन बीमा १५७, उत्पादन ६६, अन्य २७, माइक्रोफाइनान्स ८ र जीवन बीमा समूह २८ अंकले घटेका छन् । परिसूचक घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । यस दिन १० प्रतिशत मूल्य बढेका कम्पनीमा समता लघुवित्त, रुरु जलविद्युत, गोर्खा फाइनान्स, नेपाल फाइनान्स र कर्णाली विकास बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । राधि विद्युतको ८, युनाइटेड इदी मर्दीको ७ तथा विशाल बजार कम्पनीको ५ प्रतिशत बढी मूल्य बढेको छ । यस दिन ङादी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.८ प्रतिशत मूल्य घटेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो कम्पनीको २.१९ प्रतिशतले मूल्य घटेको छ। त्यस्तै नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १.५ प्रतिशतले बढेको छ ।
प्रतिकृया दिनुहोस्