मारवाडी सेवा समितिद्धारा काठमाण्डौको गौशालामा ५१ शैयाको आइसोलेसन केन्द्रको शुभारम्भ
काठमाण्डौ । मारवाडी सेवा समितिले काठमाण्डौको गौशालामा आइसोलेसन केन्द्रको शुभारम्भ गरेको छ । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा गौशालामा निःशुल्क कोभिड आइसोलेसन केन्द्रको शुभारम्भ गरेको हो । सो आइसोलेसन अक्सिजन सेवासहितको ५१ शैयाको हुनेछ ।
आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले जानकारी दिए । उनका अनुसार समस्यामा परेको जो कोहीलाई यो केन्द्रबाट उपचार दिइने छ । उक्त आइशोलेसनको शुभारम्भ भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका हुन् ।
प्रतिकृया दिनुहोस्