February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

चेम्बरद्धारा उपत्यकाका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

चेम्बरद्धारा उपत्यकाका अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


काठमाडौं । नेपाल चेम्वर अफ कमर्शले कोरोना महामारीबाट मुक्त हुने विकल्प स्वरुप उपत्यकाका विभिन्न अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चेम्वरले पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पन्जा, स्यानिटाइजर तथा सिटामोल लगायतका समाग्री अस्पताललाई हस्तान्तरण गरेका हो ।


चेम्वरका अध्यक्ष मल्लले त्रिबि शिक्षण अस्पतालको आकस्मिक कक्षलाई पनि स्वास्थ्यसम्वन्धी सामग्री हस्तान्तरण गरेका छन् । त्रिवि शिक्षण अस्पताल आकस्मिक कक्षको तर्फबाट प्राडा योगेन्द्रमान शाक्यले सामग्री ग्रहण गरेका थिए । चेम्वरका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाइ स्वास्थसम्वन्धी सामग्री हस्तान्तरण गरेको हो । चेम्वरको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले शुक्रराज अस्पतालका डा. राजेश शाहलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।


त्यसैगरी, चेम्वरका अध्यक्ष मल्लले राधास्वामी अक्सीजन थेरापी आइसोलेशन सेन्टर गौंगवुको लागि समेत स्वास्थसम्वन्धी सामग्री उपलब्ध गराएको छ । उक्त केन्द्रका तर्फबाट नेपाली सेनाका क्याप्टेन मुक्तिनाथ शाखीलाई सामग्री हस्तान्तरण गरे । अध्यक्ष मल्लले चेम्वरले केही दिनमा सरकारी अस्पतालहरूलाई अक्सिजन सिलिण्डर र कन्सन्टे«ट उपलब्ध गराइने बताए ।

Advertisement