बुझेरमात्र लेखा परीक्षणमा सही गर्न लेखा परीक्षकलाई अर्थमन्त्रीको सुझाव
पौष ६, काठमाण्डौ ।
लेखा परीक्षकलाई कम्पनीको बारेमा बुझेर मात्र लेखा परीक्षण गर्नको लागि अर्थमन्त्रीले आग्रह गरेका छन् । इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड विषयक राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । लेखाको मान्छेले कम्पनी जस्तो सुकै भएपनि लेखा परीक्षण गर्ने धर्म हो भन्दै नबुझि लेखापरीक्षण नगर्न उनले सुझाब दिएका छन् ।
पछिल्लो समय नक्कली कम्पनी खडा गरी ठगी गर्नेहरुको संख्या बढिरहेको समय उनले लेखा परीक्षक लाई सचेत गराएका हुन् । फाइनान्सियल फ्रडकै लागि कतिपय कम्पनीहरु नक्कली नागरिकता र नक्कली सेयरधनी खडा गरी कम्पनी रजिष्ट्रारमा दर्ता हुने गरेको पाइएको उल्लेख गर्दै उहाँले भने, ‘फ्रड फर्म दर्ता हुने, त्यसको ब्यालेन्ससिट बन्ने, त्यसैको अडिट हुने तर गल्ती कसको हुने भन्नेमा अन्योलता देखिएको छ । एकाउन्ट हेर्दा सबै ठिकै छ ।
प्रतिकृया दिनुहोस्