February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

फ्रण्टलाइनरका लागि विशेष प्याकेज ल्याउन सरकारसँग कांग्रेसको माग

फ्रण्टलाइनरका लागि विशेष प्याकेज ल्याउन सरकारसँग कांग्रेसको माग

जेठ ६, काठमाडौं ।
नेपाली कांग्रेसले कोभिड १९ महामारीमा बिरामीको उपचारका लागि खटिएका फ्रण्टलाइनरका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले यस्तो माग गरेको हो । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको उपचारका लागि खटिएका डाक्टर, नर्स, सरसफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत फ्रण्टलाइनरका लागि विशेष प्याकेज ल्याउन माग गरिएको हो ।

बैठकले महामारीमा सरकारले प्रभावकारी ढंगले राज्यको संयन्त्र र उपलब्ध साधनस्रोत परिचालन गरी कोभिड नियन्त्रण, न्यूनिकरण र उपचारमा ध्यान केन्द्रीत गर्नु पर्नेमा आफ्नो दायित्वबाट विमुख हुँदै गएकोमा आपत्ति समेत जनाएको छ ।

स्वास्थ्य सामग्री, उपकरणहरु, औषधी र खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै कांग्रेस संसदीय दलको बैठकले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ । साथै कांग्रेसले निषेधाज्ञाका कारण समस्यामा परेका मजदुरलाई राहतको व्यवस्था गर्न माग गरेको छ ।

Advertisement