February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

जेठ ६, काठमाडौं ।
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने सुवास नेम्वाङले बताए ।

बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ । एमाले विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले तीन दिन भित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ ।

तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो । कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ । राष्ट्रिय सभाको उपनिर्वाचनलाई मध्यनजर गरेर आजको बैठक बोलाइएको हो ।

Advertisement