March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

आयल निगमले घाटापूर्तीको लागि स्तिरीकरण कोषको थैंली खोल्ने

आयल निगमले घाटापूर्तीको लागि स्तिरीकरण कोषको थैंली खोल्ने


काठमाडौँ, जेठ ६ गते । नेपाल आयल निगमले स्थिरीकरण कोषको थैली खोल्ने भएको छ । मूल्य समायोजनका लागि १२ अर्ब रुपियाँको स्थिरीकरण कोष रहेको निगमले आफ्नो घाटापूर्ती गर्नको लागि कोष खोल्ने भएको हो ।

Advertisement


वि.सं.२०७१ देखि सञ्चालनमा ल्याइएको यो कोष आपतको समय संचालन गर्ने उदेश्यसाथ स्थापना गरिएको हो । उत्त कोषको रकम निकासाका लागि निगमले पत्र पठाएपछि अर्थ मन्त्रालयले स्वीकृति दिने व्यवस्था छ । सोही ब्यावस्था अनुसार निगमले अर्थमा पत्र पठाउने अन्तिम तयारी गरेको निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् । उनी घाटा थेग्न नसक्ने भएपछि कोष संचालन गर्नु परेको बताउँछन् । उनका अनुसार१५ दिनमा एक अर्ब १० करोड रुपियाँ घाटा हुन थालेपछि नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोषबाट घाटा समायोजन गर्ने भएको हो ।

Advertisement


सरकारले विभिन्न शिर्षकमा तेलमाथि कर थोपर्दा बजारमा तेलको मुल्यले नेटो काटेको छ । वातावरणीय प्रदूषण कर, पूर्वाधार विकास कर, भन्सार शुल्क, स्थिरीकरण कोषलगायतका कर, निगमको प्रशासनिक खर्च कर, पम्पहरूको कमिसन जस्ता शिर्षकमा मूल्य थप गर्दा आम उपभोक्ताले बजारमा तेलको मूल्यमा चर्को भार बोहोर्नु परेको छ ।

पेट्रोलको खरिद मूल्य प्रतिलिटर जम्मा ६३ रुपियाँ ९९ पैसा हुँदा पनि विभिन्न करको मारमा उपभोक्तालाई पारिएको छ । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ५६ रुपियाँ ९० पैसा कर मात्र पेट्रोलमा थोपरिएको छ ।


निगमलाई सबैभन्दा बढी घाटा खाना पकाउने (एलपी) ग्यासमा छ । उक्त ग्यासको एउटा सिलिन्डरको खरिद मूल्य एक हजार २०४ रुपियाँ पर्नेमा २३५ रुपियाँ ६१ पैसा कर लाग्छ । कर र लागत जोड्दा प्रतिसिलिन्डर एक हजार ७७५ रुपियाँ हुन आउँछ तर बिक्री मूल्य १४ सय रहेको छ । जसले गर्दा निगमलाई प्रतिसिलिन्डर ३७५ रुपियाँ घाटा भइरहेको छ । एलपी ग्यासबाट १५ दिनमा निगमलाई ५६ करोड रुपियाँ घाटा रहेको निगमका प्रवक्ता उपाध्यायको भनाइ छ ।