February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाबाट १५.७९% लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सको साधारण सभाबाट १५.७९% लाभांश दिने

सिद्धार्थ इन्स्योरेन्सले १५.७९% लाभांश दिने भएको छ । जेठ २८ गते कम्पनीको १९ औं वार्षिक साधारण सभाको आह्वान गरेको इन्स्योरेन्सले उक्त लाभांस दिने भएको हो । कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इन्स्योरेन्स भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको छ ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूूँजीको १२ प्रतिशत बोनस शेयर र ३.७८९४ प्रतिशत नगद लाभांश र वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि जेठ १४ गते शुक्रबारदेखि जेठ २८ गते शुक्रबारसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । सभाले प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिसाब सार्वजनिक गर्ने छ ।

Advertisement