May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सामान्य अंकले बढेको नेप्सेमा ९ अर्ब ३० करोडको कारोबार

सामान्य अंकले बढेको नेप्सेमा ९ अर्ब ३० करोडको कारोबार

जेठ ६, काठमाडौं ।
साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज परिसुचक ६ अंकले बढ्दै नेप्से आज २,७८७ अंकमा पुगेर बन्द भएको छ । यस क्रममा आज ९ अर्ब ३० करोड ५२ लाख रूपैयाँको सेयर कारोबार भएको छ । आज २ करोड कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अंकले बढ्दा १३ मध्ये ५ समूहमा सुधार आएको छ ।

आज बैंकिङ १७, विकास बैंक ११३ र फाइनान्स समूह ८९ अंकले बढेका छन् भने अन्य समूह १ अंकले बढ्ेको छ । ब्यापार २२, होटल तथा पर्यटन १८, जलविद्युत ४२, निर्जीवन बीमा २३, उत्पादन ५६, माइक्रोफाइनान्स १३ र जीवन बीमा समूह ७८ अंकले घटेका छन् । यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता माइक्रोफाइनान्स, गोर्खा फाइनान्स, युनाइटेड इदी मर्दी र जानाकी फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ ।

पाँचथर पावरको मूल्य ६.५, खानीखोलाको ४.७, जोशीको ४.३ र रुरुको ३.८ प्रतिशतले मूल्य घटेको छ । आज पनि नेप्सेमा कारोबार रकममा भने नेपाल पुनर्बिमा कम्पनीले लिड गरेको छ । कम्पनीको ३४ करोड ७० लाख ४१ हजारको कारोबार भएको छ । त्यस्तै बैंक अफ काठमाण्डुको ३४ करोड १ लाख २५ हजार र नेसनल लाइफ इन्स्योरेन्सको २४ करोड ४३ लाख ४८ हजारको कारोबार भएको छ ।

Advertisement