February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

टेन्सबर्ग बियरका अध्यक्ष तेजेन्द्र खड्काको निधन

टेन्सबर्ग बियरका अध्यक्ष तेजेन्द्र खड्काको निधन

टेन्सबर्ग उत्पादन गर्ने टाइगर बु्रअरीका अध्यक्ष ५३ वर्षीय तेजेन्द्र खड्काको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार कोरोना संक्रमण देखिएपछि उनी लामो समयसम्म अस्पतालमा भर्ना भएका थिए । तर केही दिनअघि उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनी आफैले आफू निको भएको बताउँदै आएका थिए । तर उपचारपछि डिस्चार्ज गर्ने समयमा उनको एक्कासी निधन भएको हो ।


खड्का र दुर्गा प्रसाईको संयुक्त लगानीमा मार्सी बियरको समेत उत्पादन सुरु भएको छ । माफिया ह्विस्की र डन इनर्जी ड्रिंक्स समेत उत्पादनको चरणमा छ । २ छोरा र १ छोरी रहेका छन् । खड्काकी श्रीमतीको समेत केही दिनअघि निधन भएको थियो ।

Advertisement